SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा

काठमाडौं : फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई पराजित गर्दै स्पेन १६ वर्षपछि विश्वकपको फाइनल प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा भएको खेलमा स्पेनले फ्रान्सलाई २-० ले पराजित गरेको हो।खेलको २२औं  मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै स्पेनले अग्रता बनायो। खेलको २० औं मिनेटमा स्पेनका विङ्गर लामिन यमालाई फ्रान्सका खेलाडीले पेनाल्टी बक्स भित्र फाउल गर्दा स्पेनले पेनाल्टी जितेको थियो। स्पेनका लागि स्ट्राइकर मिकेल ओयारजाबालले बिना कुनै गल्ती गोल गरेका हुन्।