झापा प्रहरीको गोदाम छापामाथि व्यवसायको प्रश्नः ‘वैध सामान किन जफत गरियो’
झापा : झापा प्रहरीले गृह प्रशासनलाई आफ्नो काम देखाउने उद्देश्यले बिलबिजक (वैध कागजात) भएका सामान गोदामको ताला फोडेर बलजफ्ती शैलीमा उठाएर भन्सार कार्यालयमा बुझाएको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका छन्।वैधानिक रूपमा तेस्रो मुलुकबाट आयात गरिएका र आवश्यक बिलबिजक तथा भन्सार कागजात भएका ‘चाइनिज खरबुजाको बीउ’ प्रहरीले गोदामबाटै जफत गरी भन्सार बुझाएपछि सम्बन्धित व्यवसाय मारमा परेका छन्।
