रकम हिनामिनाको आरोपमा सौर्य सहकारीका अध्यक्ष पक्राउ
विराटनगर : विराटनगरको नेता चोकस्थित सौर्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा अध्यक्ष पवन झा पक्राउ परेका छन्। सहकारीको रकम हिनामिना, सर्वसाधारणलाई ठगी तथा बैंकिङ कसुरसम्बन्धी आरोपमा फरार रहेका उनलाई मंगलबार मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो। सप्तरी घर भई विराटनगर महानगरपालिका–३ मा बस्दै आएका ४० वर्षीय झालाई जिल्ला प्रशासन कार्यालयमा काम विशेषले पुगेका बेला पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
