पोखरामा नेपाल-भारत ऊर्जा बैठक
पोखरा : नेपाल र भारत सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्लुजी) को १३औँ बैठक मंगलबार पोखरामा सुरु भएको छ। ऊर्जा क्षेत्रको सहकार्यलाई अघि बढाउन यो समिति गठन गरिएको थियो। ऊर्जा क्षेत्रका अधिकारीहरूका अनुसार नेपालमा भारतीय लगानीको वातावरण थप स्पष्ट र विश्वसनीय बनाउने विषयमा बैठक केन्द्रित छ। भारतीय कम्पनीहरूले नेपालमा १ हजार ७३० मेगावाट क्षमताका आयोजना विकास गर्न लागेका छन्। तिनमा सहजीकरणको खोजी बैठकमा गरिएको हो।
