SHARE
पर्दाफास · मङगलबार ३० असार २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

सडक सुरक्षा र पूर्वाधार विकासका लागि ऐन संशोधनको तयारीमा सरकार

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडकको अवस्थाका कारण हुने दुर्घटना न्यूनीकरणका लागि सरकारले कानुनी तथा संरचनागत सुधारको प्रक्रिया अघि बढाएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सडक सुरक्षा, बजेट विनियोजन र दीर्घकालीन पूर्वाधार योजनाबारे सरकारको धारणा स्पष्ट पारे ।