SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

समस्याग्रस्त पाँच सहकारीका ४२ वचतकर्ताको १७ लाख वचत रकम फिर्ता

काठमाडौं । वागमती प्रदेश सरकारले समस्याग्रस्त पाँच वटा बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत रकम फिर्ता गर्न सुरु गरेको छ । मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ललितपुरको जावलाखेलस्थित वागमती प्रदेश सुशासन केन्द्रमा ४२ जना बचतकर्तालाई करिब १७ लाख रुपैयाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गरे ।