सन्धिखर्कको इतिहास अब स्मृति स्तम्भमा
काठमाडौं । ऐतिहासिक घटनालाई पुस्तौँसम्म जीवन्त राख्ने उद्देश्यले शान्ति बगैँचामा तत्कालीन अर्घा र खाँची राज्यका राजाको स्मृति स्तम्भ स्थापना गरिएको छ । युद्ध, वैमनस्य र सङ्घर्षलाई अन्त्य गर्दै शान्ति, मेलमिलाप र सहकार्यको सन्देश दिने उद्देश्यले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा उक्त स्मृति स्तम्भ निर्माण गरिएको हो ।
