१२ औं एशियाली उमेरसमूह पौडीमा १६ नेपाली खेलाडीले खेल्ने
काठमाडौं । नेपालका १६ खेलाडीले थाइल्याण्डमा हुने १२ औं एशियाली उमेरसमूह स्विमिङ च्याम्पियनसिपमा चुनौती प्रश्तुत गर्ने भएका छन् । थाइल्याण्डको बैंकक शहरमा जुलाई १७ देखि २७ सम्म १२ औं एशियाली उमेरसमूह स्विमिङ च्याम्पियनसिप आयोजना हुँदैछ । उक्त प्रतियोगितामा नेपालका ६ महिला र १० पुरुष गरी १६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
