SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

सत्यसँग डराउनेहरुले प्रेस जगतलाई तर्साउन खोजे : प्रकाशचन्द्र परियार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेस जगतलाई तर्साउने प्रयास गरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद परियारले देशका अग्रणी सञ्चार माध्यमका गेटमा गाडीहरू पार्किङ गरेर सञ्चार गृहलाई तर्साउने कुत्सित प्रयास गरिएको भन्दै निन्दा समेत गरे ।  उनले सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्ने भन्दै सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नु जस्तै भएको उल्लेख गरे ।