SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

संसदमा गीत गाउन र ब्याटल हान्न आएका होइनौं : सांसद बराल

काठमाडौं : नेकपा एमालेकी सांसद यशोदाकुमारी बराल सदनमा आफूहरु कुनै गीत गाउन र ब्याटल हान्न नआएको बताएकी छिन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद बरालले गृहमन्त्रीले गणेश नेपालीको मृत्युको विषयमा सदनमा आएर धम्कीपूर्ण भाषण दिएको समेत बताइन् ।उनले आफूहरु सदनमा जनताको आवाज उठाउन आएको बताउँदै गृहमन्त्री सुधन गुरुङले ‘घोक्रो सुक्ने गरी कराउनु भयो’ भन्दै अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्ति तत्काल रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग माग गरिन् ।