SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

संसदमा २० मिनेट बसेर बाहिरिए बालेन–रवि

काठमाडौं :  डेढ महिनापछि संसदमा पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शा करिब २० मिनेट जति बसेर बाहिरिएका छन् । प्रतिनिधिसभा बैठक जारी रहेका बेला रास्वपा सभापति रवि लामिछानेसँगै प्रधानमन्त्री बालेन्द्र सदनको बैठकमा पुगेका थिए ।प्रतिनिधिसभा बैठकमा पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बसेर बाहिरिएका हुन् । बैठकमा सहभागी हुन केहीबेरअघि प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा पुगेका थिए ।