आक्रोशको दुस्साहसः ‘पुर्कोट दह टु पेन्टिङ’
काठमाडौं । पुल्चोकको आकासेपुलदेखि झम्सीखेलतिर लाग्नुस् । ठ्याक्कै ४८५ मिटर अगाडि सडकको बायाँतर्फ छ, ‘हङ्ग्री आइ आर्ट स्टुडियो’ । दुई ससाना सटरका भित्र र बाहिर टाँगिएका छन्, पेन्टिङ । स्टुडियोमा तपाईँलाई स्वागत गर्न हँसिलो अनुहारसहित एक जना तम्तयार देखिन्छन् । औसत कद, गहुँगोरो वर्ण, डोलो मुहार, चिम्सा आँखा, बायाँतिर लर्केको जुल्फी ।
