SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

देश गम्भीर दुर्घटनातिर जाँदैछ : अमरेश सिंह

काठमाडौं : रास्वपा सांसद डा.अमरेशकुमार सिंहले देशमा अहिले चरम निराशा छाएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद सिंहले मुलुकमा देखिएको पछिल्लो घटनाक्रमले देशमा अहिले चरम निराशा छाएको देखिएको बताएका हुन् ।उनले  व्यवसायी, नागरिक, युवा र विद्यार्थी वर्गमा देखिएको वितृष्णालाई संसदले बढावा दिन नहुने उल्लेख गरे । सत्ता पक्ष र प्रतिपक्ष भन्ने स्थायी नहुने भएकाले राष्ट्रिय एकताको आवश्यकतामा उनले जोड दिए ।