चितवनका सडक जलमग्न, घरहरु डुबानमा
चितवन : लगातारको बर्षाका कारण चितवनको बिभिन्न स्थान डुवानमा परेको छ । लगातारको बर्षाका कारण चितवनका केहि स्थानमा सडक जलमग्न भएको छ भने घरहरु डुवानमा परेको छ । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ । बर्षाका कारण चितवन भरतपुर आसपासका क्षेत्रहरु डुबानमा परेको हो । बर्षाका कारण नारायणी नदिको सतह बढेको छ ।
