कोशी अस्पतालको अतिक्रमित जग्गाको व्यावसायिक सटरमा डोजर
विराटनगर : विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा वर्षौंदेखि निर्माण गरी व्यावसायिक प्रयोजनमा प्रयोग हुँदै आएका संरचना सोमबार बिहानै डोजर परिचालन गरेर भत्काइएको छ। अस्पताल प्रशासनले जिल्ला सुरक्षा समितिसँगको समन्वयमा विराटनगर महानगरपालिका–७ को अस्पताल चोक र देवकोटा चोकका अतिक्रमित सटर तथा अन्य संरचना हटाइएको हो। सम्भावित अवरोध र अप्रिय घटना रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
