सरकार आफ्नो असफलता लुकाउन, गलत भाष्य सिर्जनामा लाग्यो : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसका सांसद सन्दीप रानाले सरकार आफ्नो असफलता लुकाउन गलत भाष्य सिर्जनामा लागिरहेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको मंगलबारेको बैठकमा बोल्दै कांग्रेस सांसद रानाले वर्तमान सरकार आफ्नो तीन महिनाको असफलता लुकाउन पुराना दलहरुले ३५ वर्षमा के गरे भन्ने खालको भाष्य सिर्जनामा लागिरहेको बताए । जेनजी आन्दोलनपछि आएको रास्वपा नेतृत्वको सरकारलाई राम्रो काममा सँधै सहयोग हुने बताउँदै सांसद रानाले सरकारको १०० दिन विकासमा भन्दा विवादमा अल्झिएको आरोप लगाए ।
