SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

सदन मन्त्रीले सांसद थर्काउन थलो होइन : युवराज दुलाल

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सदन मन्त्रीले सांसदलाई थर्काउन थलो नभएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद दुलालले संसदमा प्रधानमन्त्री बालेन शाह उपस्थित भएर आफूहरूले उठाएको जवाफ दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद् सर्वोच्च जनप्रतिनिधि थलो भएकाले उपस्थित हुनुपर्ने बताए ।उनले भने, ‘१०० दिन पनि सरकार पुग्यो । मधुमास पनि सकियो । अब प्रधानमन्त्री संसदमा आउनु पर्छ र जनतालाई आश्वस्त पार्नु पर्छ ।