SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

कार्गो जहाजमा शुल्क लगाउने ट्रम्पको घोषणापछि इरानले दियो यस्तो जवाफ

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट (जलमार्ग) भएर जाने कार्गो जहाजहरूमा २० प्रतिशत शुल्क लगाउने घोषणा गरेपछि इरानले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले ट्रम्पको भनाइमाथि टिप्पणी गर्दै अमेरिकी राष्ट्रपतिको कुरा सही भए पनि २० प्रतिशत शुल्क निकै धेरै भएको बताएका छन्। उनले इरानले उचित र सन्तुलित शुल्क मात्र असुल्ने बताएका छन्।