SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै

बागमती । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका मठमन्दिर तथा धार्मिक सङ्घ संस्थाको तथ्याङ्क अद्यावधिक गर्न सुरु गरेको छ । उपमहानगर भित्रका मठमन्दिर दर्ता भए–नभएको एवं विद्यमान अवस्थालगायतका विषयमा जानकारी लिने उद्देश्यले तथ्याङ्क अद्यावधिक गर्न लागिएको सञ्चार तथा सूचना प्रविधि अधिकृत भानुभक्त थपलियाले जानकारी दिए ।