SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

सेयर बजारको निरन्तर गिरावटपछि धितोपत्र बोर्ड घेराउ गर्न पुगे लगानीकर्ता

काठमाडौं : सेयर बजार लगातार ओरालो लागेपछि आक्रोशित लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय घेराउ गर्न पुगेका छन्।मंगलबार बिहान भेला भएका लगानीकर्ताहरूले बजारको निरन्तर गिरावटप्रति असन्तुष्टि जनाउँदै  ललितपुरको खुमलटारस्थित बोर्डको कार्यालय पुगेका हुन्।