SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

कर्णालीको भीरमा अड्किएकालाई उद्धार गर भन्नु राजनीतिकरण होइन : ज्ञानेन्द्र शाही

काठमाडौं : राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीको नदी किनारको भिरमा अड्किएका नागरिकको उद्दारको माग गर्नु राजनीतिकरण नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा नेता शाहीले नागरिकको उद्धारको माग गर्दा गृहमन्त्रीले यसलाई राजनीतिकरण गरियो भनी दिएको जवाफ आपत्तिजनक रहेको समेत बताए । उनले पानी बाँड्न गएको हुँ भन्ने पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर, लासको सिंढी चढेर राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिने भन्दै गृहमन्त्रीलाई जवाफ दिए ।