पाँच प्रदेशमा मनसुन सक्रिय, मौसम विभागले दियो यस्तो चेतावनी
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले लगातारको वर्षाले गर्दा नदीहरूमा बाढीको जोखिम बढेको जनाएको छ । बागमती र गण्डकी प्रदेशको दक्षिणी भेग वर्षाका कारण बढी प्रभावित भएको र अन्य स्थानमा पनि लगातार बर्षा भएकाले नदीहरूमा बाढीको जोखिम बढेको र केहि स्थानमा पहिरो समेत गएको बिभागले जानकारी दिएको छ ।वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले हाल कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुन बढी सक्रिय देखिएको जानकारी दिए ।
