यो सरकार मुर्दावाद होइन, जिन्दावाद हो : सांसद रचना खतिवडा
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले कुनै पनि पार्टी एकै पटक परिपक्व हुन नसक्ने बताएकी छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सा.सद खतिवडाले जनताको विश्वास र भरोसाले मात्रै पार्टी बलियो भन्दै जाने बताइन् । उनले विडम्बना यो सरकारलाई बलियो बनाउने होइन, कसरी गिराउने भन्नेतिर लागिरहेको देखिएको बताएकी छन् ।उनले देशको गृहमन्त्री, शहीद र घाइतेहरुलाई न्याय दिलाउँछु, देशका जनताको हितमा काम गर्छु भनेर आउँदै गर्दा सदनमै धरधरी रुने पारिएको बताइन्।
