SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

संवैधानिक निकायमाथि कार्यपालिकाको हस्तक्षेप हुनु लोकतन्त्रका लागि घातकः वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संवैधानिक निकाय र अदालतमा विचाराधीन विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद पुनले शक्ति पृथकीकरणको सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन सबै पक्ष सचेत हुनुपर्ने बताए ।