प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानका गम्भीर धक्का लागेको छ : एमाले
काठमाडौं : नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसदबाट दिएको सीमासम्बन्धी अभिव्यक्तिले नेपाली राष्ट्रिय स्वाभिमानमा गम्भिर धक्का लागेको बताएका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद ठगुन्नाले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण नेपालको मिचिएको भूमि फिर्ता लिने प्रयासमा गम्भीर धक्का लागेको बताएका हुन् ।
