प्रधानमन्त्रीको शैली ‘बरु ढुङ्गा बोल्छ’ मान्छे बोल्दैन’ भने जस्तो भयो : आरेन राई
काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले वर्तमान सरकार गरिबलाई निमिट्यान्न पार्न धारेहात पारेर लागिपरेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले संसदबाट दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्छ भनेर माग गरिरहेको भए पनि ‘बरु ढुङ्गा बोल्छ’ मान्छे बोल्दैन’ भने जस्तो भएको बताएका छन् ।उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफूलाई कतै फेरि पनि नेपालको सीमा मिचिने त होइन भनेर डर लागिरहेको बताएका छन् ।
