SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

'मिडिया हाउसअगाडि गाडी तेर्स्याउनेलाई लाखौंको जरिवाना र योजनाकारलाई कडा कारवाही होस्'

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले मिडिया हाउस अगाडि गाडी तेर्स्याएर त्रास सिर्जना गर्ने गतिविधिमा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सोमबार बिहान मिडिया हाउस अगाडि गाडी तेर्स्याएर आतंकित पार्न खोजेको आरोप लगाए। उनले प्रमुख प्रतिपक्षी दलका नेताको घर खोज्ने बहानामा होहल्ला गरिएको उल्लेख गरे।उनले दिनभर उक्त घटनाबारे विभिन्न चर्चा भए पनि अन्त्यमा राज्य संरक्षित केही व्यक्तिबाट नै यस्तो गतिविधि भएको देखिएको दाबी गरे।