सरकारमा सत्ता उन्माद देखियो, जेनजी आफैले रोजेको सरकारको लाठ्ठी खाँदैछन् : निश्कल राई
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निश्कल राईले आज जेनजी युवाहरु आफैले रोजेको सरकारको लाठ्ठी खान वाध्य भइरहेको बताएका छन् ।प्रतिनिधिसभाको मंगलबारको वैठकमा बोल्दै सांसद राईले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएको, प्रहरीको गोली चल्दा ७७ जनाको ज्यान गएको र त्यहि आन्दोलनले एउटा सरकार ढलेको र बालेन शाहलाई १८२ सिटको वहुमत दिएको उनले बताए ।
