SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

विश्वकपको मूल्य चुकाउँदै १३ प्रशिक्षक

एजेन्सी /न्युयोर्क : फिफा विश्वकप २०२६ ले नयाँ कीर्तिमान, रोमाञ्चक खेल र अप्रत्याशित नतिजा मात्र दिएन, धेरै प्रशिक्षकको अन्तर्राष्ट्रिय करियरमा पनि पूर्णविराम लगाइदिएको छ। प्रतियोगिताबाट टोली बाहिरिएसँगै हालसम्म १३ प्रशिक्षकले आफ्नो पद गुमाइसकेका छन्। कसैले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन् भने कसैको सम्झौता विश्वकपसँगै सकिएको छ। कोही भने फुटबल संघले पदमुक्त गरेको छ।सबैभन्दा पहिले पद छाड्ने प्रशिक्षक हुन्, स्कटल्यान्डका स्टिभ क्लार्क।