SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

पहिरो हटाइएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

धादिङ : पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ । सडक अवरुद्ध भएपछि मंगलबार बिहानैदेखि मेशिन परिचालन गरी पहिरो पन्छाउने काम गरिएको थियो । बाँकी रहेको पहिरो पूर्ण रूपमा हटाइएपछि सडकमा सवारी आवागमन सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।सडक सञ्चालनमा आए पनि वर्षायामका कारण थप पहिरो खस्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।