पहिरोले गोठ भत्किँदा पशुचौपाय मरे
स्याङ्जा : लगातारको बर्षाका कारण पहिरो जाँदा पुतलीबजार नगरपालिका १२ बगरेमा गोठ भत्केपछि भैसी र गोरु मरेका छन् । सोमबार माथिबाट झरेको पहिरोले बगाउँदा गुमान गुरुङको गोठमा रहेका २ वटा ब्याउने भैंसीसहित एउटा गोरु मरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रदेव अवस्थीले जानकारी दिए । साउनमा ब्याउने ती २ भैंसीसहित गोरु पुरिएका हुन। रोजगारका लागि पोखरामा काम गर्दे आएका ४३ बर्षीय गुरुङ आफ्नै गाउँमा कृषि गर्ने भन्दै जन्मथलो फर्केर कृषि तथा पशुपालन गरेका थिए ।
