SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

प्रतिनिसिभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक अहिले बिहान ११ः०० बजे बस्दैछ । बैठकमा विभिन्न विधेयक एवं प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची छ । प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०८१/८२ तथा लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार)आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।