भानुकृति : अनुवाद कि मौलिकता
भानुभक्त आचार्यका कृतिहरूमा अनुवाद कि मौलिकताको सन्दर्भ समालोचक र समीक्षकहरूबाट पुर्पक्ष हुँदै आएको छ। कृतिले प्राप्त गरेको कलात्मक सौन्दर्यले भानुभक्त उच्च विन्दुका सहज, सरल र हृदयस्पर्शी कवि हुन पुगेका छन्। तैपनि उनका कृति अनुवाद कि मौलिकता भन्ने प्रश्नले वि श्राम लिएको छैन। भानुकृतिहरूमा प्रश्नोत्तरा, रामायण, भक्तमाला, वधूशिक्षा र शीर्षकविहीन मुक्तक प्रकृतिका फुटकर कविता छन्।अनुवाद कि मौलिकताको प्रश्न प्रश्नोत्तरा र रामायणलाई लिएर गरिएको देखिन्छ।
