राहदानी छपाइ प्रकरण: एजेण्डामा प्रवेश नै नगरी लेखा समिति बैठक स्थगित
काठमाडौं : राहदानी छपाइसम्बन्धी विषयमा छलफल गर्न बोलाइएको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको छ।बैठकमा सहभागी सदस्यहरूले उक्त विषय अदालतमा विचाराधीन रहेकाले समितिले छलफल गर्न नमिल्ने अडान राखेका थिए। त्यसपछि राहदानी छपाइसम्बन्धी कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित गरिएको हो।समिति सदस्यहरूको मागपछि सभापति भरतबहादुर खड्काले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको घोषणा गरेका छन्।
