बाढी-पहिरोमा ६ को मृत्यु, १३ भन्दा बढी राजमार्ग अवरुद्ध
काठमाडौं : दुई दिनदेखि देशभर परेको अविरल वर्षाले बाढी—पहिरो र डुबानको जोखिम बढाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। बाढी—पहिरोका कारण देशभर १३ भन्दा बढी मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने नदीको सतह बढेपछि दर्जनौं बस्ती उच्च जोखिममा परेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त राजमार्गमा सवारी सञ्चालन नगर्न आग्रह गर्दै नागरिकलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ।
