मधेसका किसानमाथि मौसमको दोहोरो मार
जनकपुरधाम : असारको अन्तिम सातामा पनि महोत्तरीकी किसान सबिता सदाले खेतमा धान रोप्न सकेकी छैनन्। ब्याड राख्ने बेलामा कहिले बेमौसमी वर्षा त कहिले हावाहुरी र चर्को घामले बीउ छर्ने समय नै अन्योलमा प¥यो। ब्याड ढिलो गरी राखेपछि बेर्ना पनि ढिलो तयार भयो। अहिले रोप्ने बेलामा पानी नपरेर खेत सुक्खा छ।‘वैशाखमै पानी आ हावा झक्करसे हरान भेली, आ जेठमे रउदा से। जेठके अन्तिममे जेना–तेना बिया छिटलियै। आब असार बिते लगलै, तैयौ निमन से पानी न परलै।
