SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

होर्मुजमा तेल ट्याङ्करमाथि मिसाइल प्रहार: १ जनाकाे मृत्यु, ८ घाइते

काठमाडौं : होर्मुज स्ट्रेटको दक्षिणी हिस्सा र ओमानको समुद्री क्षेत्रमा दुईवटा तेल ट्याङ्करमाथि भीषण मिसाइल आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव बढेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनले यस आक्रमणका लागि सिधै इरानलाई जिम्मेवार ठहराएका छन्। अधिकारीहरूका अनुसार, यस भीषण आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।बहराइनको रक्षा मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, इरानको तर्फबाट प्रहार गरिएका दुईवटा क्रुज मिसाइलद्वारा यो आक्रमण गरिएको हो।