विद्युत प्राधिकरणको स्कोरपिओ दुर्घटना हुँदा २ कर्मचारीको मृत्यु
विराटनगर : सुनसरीको इटहरीमा नेपाल विद्युत प्राधिकरणको स्कोर्पियो गाडी दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।सोमबार राति विद्युत लाइन मर्मतका लागि जाने क्रममा उक्त दुर्घटना भएको हो। दुर्घटनामा स्कोर्पियो चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का अन्दाजी ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का अन्दाजी ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।राई करारका चालक थिए भने आचार्य हेल्पर पदमा कार्यरत स्थायी कर्मचारी हुन्।
