SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

एउटै चाबीले खुल्दैनन् सबै ढोका

प्रधानमन्त्री वालेन्द्र शाहकै शब्दमा भन्ने हो भने, अहिले सरकार सुशासनको गन्तव्य ताकेर हुइँकिएको छ। गन्तव्य सही भए पनि असन्तुलित र असंयमित गति तथा मतिका कारण सरकार दुर्घटित हुन सक्छ भन्ने एकथरी आकलन छ। यतिबेला सरकारको ध्यान सार्वजनिक–निजी संस्था, सहकारी र गैरसरकारी क्षेत्रका भ्रष्टाचार तथा विकृतिमा केन्द्रित छ। भ्रष्टाचार र विकृति जुनसुकै क्षेत्रको भए पनि खराब नै हो, जसलाई नियन्त्रण गर्नैपर्छ। यसरी हेर्दा सरकारको कदम र ध्यान ठीकैजस्तो देखिन्छ।