११ घण्टा लामो वार्तापछि इरान सम्झौताबाट पछि हटेको ट्रम्पको आरोप
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको ११ घण्टा लामो वार्तापछि पनि अन्तिम समयमा इरान पछि हटेको दाबी गरेका छन्। उनले इरानमाथि अमेरिकासँग हुन लागेको एउटा सम्भावित सम्झौतालाई अन्तिम क्षणमा बदल्ने प्रयास गरेर 'भाँडेको' आरोप समेत लगाएका छन्।राष्ट्रपति ट्रम्पले अमेरिकले सम्भवतः हर्मुज सञ्चालन आफैं गर्ने सम्मको चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन कुराकानीमा ट्रम्पले इरानसँग हालै भएको वार्ताबारे विस्तृत रूपमा जानकारी गराएका थिए।
