देशका अधिकांश स्थानमा वर्षा
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव तीव्र बनेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक सरेकाले देशका अधिकांश स्थानमा मौसम बदली भई वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। दिउँसो र राति यी तीनवटै प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ।
