मेसी–एमबाप्पेबीच महाभिडन्त
काठमाडौं : फिफा विश्वकप २०२६ को उपाधिको प्रतिस्पर्धा अन्तिम चरणमा पुग्दा अर्को प्रतिष्ठित व्यक्तिगत पुरस्कार ‘गोल्डेन बुट’को दौड पनि उत्तिकै रोमाञ्चक बनेको छ। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जारी विश्वकपमा विश्वका उत्कृष्ट स्ट्राइकरहरूबीच सर्वाधिक गोलकर्ताको दौडका लागि कडा प्रतिस्पर्धा भइरहेको छ। क्वार्टरफाइनल सकिँदासम्म फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन्। दुवैले समान ८ गोल गरेका छन्।
