प्रहरीले बिलबिजक भएको ‘खरबुजाको बीउ’ गोदामबाटै उठायो, प्रहरीको कार्यशैलीप्रति व्यवसायीको आपत्ति
झापा : तेस्रो मुलुकबाट कानुनी प्रक्रिया पूरा गरी आयात गरिएको ‘चाइनिज खरबुजाको बीउ’ झापा प्रहरीले गोदामबाटै उठाएर लगेपछि व्यवसायीहरूले झापा प्रहरीको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। एलसीमार्फत आयात गरिएको उक्त खरबुजाका बीउको आवश्यक बिलबिजक सम्बन्धी कागजात हुँदा हुँदै प्रहरीले गोदाममा पुगेर बीउ बरामद गरी लगेको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) बसुन्धारा खड्का आफैं सादा पोसाकमा पुगेर बीउ जफत गर्न लगाएकोप्रति यहाँका व्यवसायीहरूले घोर भर्त्सना गरेका छन्।
