SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ।नेपाल राष्ट्र बैंकका अनुसार यो आप्रवाह गत आव सोही अवधिको तुलनामा ३८.२ प्रतिशत धेरै हो। गत जेठमा २ खर्ब ३ अर्ब ८९ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ।समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो।यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २३ खर्ब २१ अर्ब ७ करोड पुगेको छ।