SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

कोशीमा सञ्चार प्रतिष्ठान गठन, अध्यक्षमा दाहाल र रजिष्ट्रारमा भट्टराई नियुक्त

विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशभित्रका सञ्चारमाध्यमको दर्ता, नियमन र अभिलेखीकरणलाई संस्थागत बनाउन ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्षमा मोरङका अग्रज पत्रकार दीपक दाहाल र प्रदेश प्रेस रजिष्ट्रारमा सुनसरीका पत्रकार लीलाराज भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ। नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्षसमेत रहेका दाहाल नेपाली कांग्रेस निकट हुन् भने भट्टराई नेकपा (एमाले)सँग आबद्ध छन्।