SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

सडक भासिएपछि तातोपानी नाका ठप्प

सिन्धुपाल्चोक : अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अरनिको राजमार्गको कोदारीस्थित इको क्षेत्रमा सडक भासिएपछि तातोपानी नाका अवरुद्ध भएको छ।नेपाल चीन बीचको उत्तरी नाका क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी (इको) क्षेत्रमा सडक भासिएपछि सोमबारबाट तातोपानी नाका ठप्प बन्न पुगेको हो। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण इको क्षेत्रको सडक खण्डमा दुई मिटर सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।