फोटोनको थप पाँच नयाँ ‘शील्ड सर्भिस पोइन्ट’ सञ्चालनमा
फोटोनले पाँच नयाँ ‘फोटोन टोटल केयर शिल्ड सर्भिस पोइन्ट’ सञ्चालनमा ल्याएको छ। नयाँ सर्भिस पोइन्टसँगै कम्पनीको बिक्रीपछिको सेवा सञ्जाल २१ भन्दा बढी स्थानमा विस्तार भएको छ।नयाँ सर्भिस पोइन्टहरू भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा सञ्चालनमा आएका छन्। यस विस्तारले सम्बन्धित क्षेत्रका ग्राहकलाई सवारीसाधनको मर्मत, प्राविधिक परीक्षण, वारेन्टी सेवा तथा आवश्यक प्राविधिक सहयोग स्थानीय स्तरमै उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ।
