सम्पत्ति छानबिन आयोगले भन्यो- राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको छानबिन रोकिँदैन
काठमाडौं : सम्पत्ति छानबिन आयोगले राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन नरोकिएको स्पष्ट पारेको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशलाई लिएर विभिन्न भ्रम फैलिएको भन्दै आयोगले बहालवाला न्यायाधीश, नेपाली सेना तथा संविधानले छुट्टै व्यवस्था गरेका केही पदाधिकारीबाहेक अन्यको हकमा लागू नहुने बताएको हो।
