मिडिया हाउसअघि शंकास्पद रुपमा तेर्स्याइएका सवारीसाधनबारे के भन्यो रास्वपाले ?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको र यस सम्बन्धमा आमसञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रास्वपाले आज विज्ञप्ति जारी गरेर गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
