SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

सहारा हेल्थ इन्सुरेन्समार्फत स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै गएको छ। यस बीमा योजनामार्फत इसेवाले निकै सुलभ दरमा सर्वसाधारणका लागि झन्झटमुक्त र भरपर्दो स्वास्थ्य बीमा उपलब्ध गराउँदै आएको छ।मात्र रु. १,३९९ बाट सुरु हुने यस बीमा योजनाले स्वास्थ्य तथा दुर्घटनासम्बन्धी सुविधासहित रु. ६ लाखसम्मको बीमा सुरक्षा प्रदान गर्ने इसेवाले जनाएको छ।